छोरीलाई विष खुवाएर हत्या गरेको अभियोगमा आमालाई ३ वर्ष कैद
तनहुँ | साउन १८, २०८०
तनहुँ: तनहुँ जिल्ला अदालतले विष खुवाएर छोरीको हत्या गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ ।
छोरीलाई विष खुवाएर आफूले समेत सेवन गरेकी पोखरा –२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई अदालतले तीन वर्ष कैद र ३० हजार रुपैंया जरिवाना सजायको फैसला सुनाएको हो ।
तनहुँको आँबुखैरेनी स्थित एक लजमा २०७७ को माघ १९ गते विष सेवन गरेको अवस्थामा आमाछोरी फेला परेका थिए ।
होटल सञ्चालकले देखेर उनीहरुलाई उपचारका लागि अस्पताल लगेकोमा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । उपचारपश्चात् आमा सुष्मा भने निको भएकी थिइन ।
घटना हुँदा वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका आरोपितका श्रीमान् मनोज विकले घटना लगत्तै सुष्माविरुद्ध जाहेरी दिएका थिए ।
मनोज कै जाहेरीका आधारमा सुष्मालाई प्रहरीले झन्डै ६ महिनापछि २०७८ साउन ३० गते पक्राउ गरेको थियो ।
उनी विरुद्ध २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेकी सुष्मामाथिको मुद्दामा जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले कैदसहित जरिवाना सजायको फैसला सुनाएको हो ।
पोखरा: कास्की प्रहरीले पोखरा १७ ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...
मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

